काठमाडौं स्वैदेशिक रोजगार तामाङ व्यवसायी समाजको अध्यक्षमा युनाइटेड इन्टरनेशनल प्रा।लि।का सञ्चालक शुक्र पाख्रिन निर्वाचित भएका छन् । शनिबार राजधानीको जर्सिङपौवामा भएको समाजको दोस्रो अधिवेशनबाट पाख्रिन सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका हुन् । समाजको संस्थापक महासचिव रहेका नवनिर्वाचित अध्यक्ष पाख्रिन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पूर्वतृतीय उपाध्यक्षसमेत भइसकेका व्यवसायी हुन् । अधिवेशन तथा साधारण सभाको बन्द सत्रले...