Please wait, loading...

 
Sunday - Friday : 9:30 AM - 5:30 PM
Offices: Dhobighat, Lalitpur, Kathmandu, Nepal.
Satisfaction of both the employer and the employee is our goal.

Uncategorizedवैदेशिक रोजगार तामाङ व्यवसायी समाजको नयाँ नेतृत्वमा : शुक्र पाख्रिन

May 29, 2023by Shukra Pakhrin0

काठमाडौं स्वैदेशिक रोजगार तामाङ व्यवसायी समाजको अध्यक्षमा युनाइटेड इन्टरनेशनल प्रा।लि।का सञ्चालक शुक्र पाख्रिन निर्वाचित भएका छन् । शनिबार राजधानीको जर्सिङपौवामा भएको समाजको दोस्रो अधिवेशनबाट पाख्रिन सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका हुन् ।

समाजको संस्थापक महासचिव रहेका नवनिर्वाचित अध्यक्ष पाख्रिन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पूर्वतृतीय उपाध्यक्षसमेत भइसकेका व्यवसायी हुन् । अधिवेशन तथा साधारण सभाको बन्द सत्रले समाजको कार्यसमिति सर्वसम्मतिले चयन गरेको नवनिर्वाचित महासचिव तिलक तामाङले जानकारी दिए ।

 

कार्यसमितिको तीन उपाध्यक्षहरूमा कमशः ग्रीन लाइट ओभरसिज प्रा।लि।का सञ्चालक मोहन योञ्जन, आकृति रिक्रुटिङ प्रा।लि।का सञ्चालक कुन्छा दोर्जे डिम्दोङ र पर्फेक्ट ह्युमन रिसोर्स प्रा।लि।का सञ्चालक मोहन स्याङ्बो निर्वाचित भएका छन् ।

महासचिवमा निर्वाचित तिलकबहादुर तामाङ रेज रिक्रुटमेन्ट प्रा।लि।का सञ्चालक हुन् भने दुई सचिवमा विज्ञान एच। आर। म्यानेजमेन्ट प्रा।लि।का सञ्चालक सुकबहादुर तामाङ र डोटी ओभरसिज प्रा।लि।का सञ्चालक लीलबहादुर तामाङ निर्वाचित भएका छन् । कोषाध्यक्ष्यमा गुडलाइट इन्टरनेशनल प्रा।लि।का सञ्चालक इन्द्रबहादुर तामाङ निर्वाचित भएका छन् ।

समाजको कार्यसमिति सदस्यहरु राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा, एसआरसी जब प्लेसमेन्टल प्रा।लि।का सञ्चालक रामध्वज लामा, रिक्रुटमेन्ट एजेन्सी प्रा।लि।का सञ्चालक सोमबहादुर तामाङ, मोभिरा रिक्रुटमेन्ट प्रा।लि।का सञ्चालक बिजबहादुर ब्लोन, अल सोलुशन प्रा।लि।का राजु पाख्रिन र रेडपाण्डा इन्टरनेशनल प्रा।लि।का सञ्चालक सञ्जय ब्लोन, गोल्डेन इन्टरनेशनल प्रा।लि।का सञ्चालक हस्तबहादुर तामाङ निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

United International ManpowerHead Offce
Satisfaction of both the employer and the employee is our goal.
OUR LOCATIONSWhere to find us?
https://recruitingagencynepal.com/wp-content/uploads/2019/04/img-footer-map.png
Kathmandu, Nepal.
GET IN TOUCHOur Social links
Taking seamless key performance indicators offline to maximise the long tail.
United International ManpowerHead Office
Organically grow the holistic world view of disruptive innovation via empowerment.
OUR LOCATIONSWhere to find us?
https://recruitingagencynepal.com/wp-content/uploads/2019/04/img-footer-map.png
GET IN TOUCHOur Social links
Taking seamless key performance indicators offline to maximise the long tail.

Copyright  © 2022 by United International Manpower.

All rights reserved. Developed By: Craftalaya Tech

Copyright by United International Manpower. All rights reserved. Developed By: Craftalaya Tech