Please wait, loading...

 
Sunday - Friday : 9:30 AM - 5:30 PM
Offices: Dhobighat, Lalitpur, Kathmandu, Nepal.
Satisfaction of both the employer and the employee is our goal.

UncategorizedU-19 Boys Singles जुनियर च्याम्पियनसिप ब्याडमिण्टन भाद्र २२ र २३ गते हुने

August 28, 2023by Shukra Pakhrin0

 

काठमाडौं – बैदेशिक रोजगार तामाङ व्यवसायी समाजको आयोजनामा आगामी भाद्र तेस्रो साता ‘अन्तर रिक्रुटिङ एजेन्सी तथा जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसीप–२०८०’ आयोजना हुने भएको छ ।

भाद्र २२ र २३ गतेसम्म ललितपुर स्थित रिभाईम लिजर पार्कको कर्भड हलमा प्रतियोगिताको आयोजना हुने भएको छ । व्यावसायी बिच मित्रता, भाईचार बढाउने उदेश्य तथा जुनियर ब्याडमिण्टन खेलाडीे एवं नेपाली ब्याडमिन्टन खेल विकासलाई टेवा पु¥याउने दृढ विश्वासका साथ प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक तथा समाजका उपाध्यक्ष मोहन योन्जनले बताएका छन ।

प्रतियोगितामा बैदेशिक रोजगार इजाजत पत्र वाला संस्थाको तर्फ बाट सहभागि हुन सकिने तथा इजाजत पत्र संस्थाको एक जना संचालक अनिवार्य हुनुपर्ने मापदण्ड राखिएको छ । साथै उक्त प्रतियोगितामा U-19 Boys Singles जुनियरको राष्ट्रिय स्तरको ब्याडमिन्टन खेल पनि हुने त्यसको लागि नेपाल ब्याडमिण्टन संघ मार्फत राष्ट्रिय स्तरको खेलको मान्यता सम्बन्धी मापदण्ड तथा स्कृती लिइ सकेको हुदा सहभागि खेलाडीहरुको Score/ Point जोडिने पनि प्रतियोगिताका संयोजक योन्जनले बताएका छन ।

प्रतियोगिताका विधाहरूमा रिक्रुटिङ एजेन्सी डबल्स र U-19 Boys Singles १९ वर्ष मुनिका रहेको योञ्जनले बताउनुभयो । उहाँले सम्पूर्ण ब्याडमिन्टन खेलाडी तथा खेलप्रेमीहरुलाई प्रतियोगितामा सहभागी हुन समेत आग्रह गर्नुभएको छ ।

प्रतियोगिताका सबै विधामा विजेता, उप–विजेता र तृतीय स्थान प्राप्त गर्ने टीमलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित बजेट ५ लाख रुपैयाँ रहेको समाजका महासचिव तिलक तामाङले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

United International ManpowerHead Offce
Satisfaction of both the employer and the employee is our goal.
OUR LOCATIONSWhere to find us?
https://recruitingagencynepal.com/wp-content/uploads/2019/04/img-footer-map.png
Kathmandu, Nepal.
GET IN TOUCHOur Social links
Taking seamless key performance indicators offline to maximise the long tail.
United International ManpowerHead Office
Organically grow the holistic world view of disruptive innovation via empowerment.
OUR LOCATIONSWhere to find us?
https://recruitingagencynepal.com/wp-content/uploads/2019/04/img-footer-map.png
GET IN TOUCHOur Social links
Taking seamless key performance indicators offline to maximise the long tail.

Copyright  © 2022 by United International Manpower.

All rights reserved. Developed By: Craftalaya Tech

Copyright by United International Manpower. All rights reserved. Developed By: Craftalaya Tech